विराटनगरको सहिद मैदानमा पेलेको सालिक

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले विराटनगरको सहिद मैदानमा विश्व फुटबलका महान हस्ती ब्राजिलका पेलेको अर्धकदको सालिक स्थापना गरेको छ ।

भद्रकाली कला कुञ्ज इटहरीका प्रमुख अभिषेक तिम्सिनाले विश्वविख्यात फुटबलर पेलेको अर्धकदको सालिक विराटनगर महानगरपालिकालाई निस्शूल्क उपलब्ध गराएपछि गोल्डकप आयोजक समितिले उक्त सालिक सहिद मैदानमा राखेको हो ।

सालिकलाई बिहीबार सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए ।