दिंला- भोजपुरमा जिल्ला स्तरीय अन्तर डोजाङ आई.टी.एफ.तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । भोजपुर आई.टी.एफ तेक्वान्दो संघको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगितामा भोजपुरका ५ वटा डोजाङको सहभागिता रहेको छ । प्रतियोगितामा दिंला, केउरेनीपानी, न्युसमिट, चिउरीवोटे र निगुरे डोजाङका ८२ जना खेलाडीले प्रतिष्पर्धा गरिरहेको भोजपुर आई.टी.एफ तेक्वान्दो संघका सचिव मोहन तामाङले जानकारी दिए । षडानन्द नगरपालिका ४ स्थित दिंला कभर्डहलमा सञ्चालन भईरहेको प्रतियोगितामा २०-२५,२५-३०,३०-३५,३५-४०,४०-४५,४५-५०,५०-५५,५५-६०,६०-६५ गरि ९ ईभेण्ट र ग्रुप प्याटनमा समेत प्रतिष्पर्धा भईरहेको छ ।
भोजपुरले आईटीएफ तेक्वान्दोमा प्रदेश १ का साथै राष्ट्रिय प्रतियोगितामा समेत दवदवा कायम गर्दै आएको छ । भोजपुरमा आईटीएफ तेक्वान्दो बालवालिका तथा युवाहरुलाई दुव्र्यसनवाट मुक्त गराउनुको साथै अनुशासित वनाउनको लागि शुरु गरिएको भोजपुर आई.टी.एफ तेक्वान्दो संघका अध्यक्ष सुरेस राईले वताए । यस प्रतियोगितावाट खेलाडी उत्पादन हुनेपनि अध्यक्ष राईले दावी गरे ।