धरान–इटहरी सडक खण्डमा गोली हानी एकजनाको हत्या

धरान- धरान-इटहरी सडक खण्डको सेउती पुलमा गोली हानी एकजनाको हत्या भएको छ । गोली प्रहार गरी लुटपाट गर्नेमा घाइते भएका रोहित चौधरीको मृत्यु भएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागी बिपी प्रतिष्ठान ल्याइएको थियो । उनको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । धनकुटाको मुलघाटबाट विराटनगर आउदै गरेका विराटनगर–५ का २८ वर्षीय रोहित चौधरीमाथि अपरन्न्ह हतियारधारी समूहले लुटपाट गरेको थियो ।

गोली प्रहार गरी लुटपाट गरिएका चौधरीको साथबाट मोबाइल र पैसा लुटेर लागेको लुटेरा फरार भएका छन् । तीन जनाको समूहमा आएका लुटेरा मध्ये २ जना सँग खुकुरी र एक जना सँग पेस्तोल रहेको मृतक चौधरी सँगै रहेकी युवतीले जानकारी दिइन ।

उनीसँगै रहेकी विराटनगरकै सुमना खत्रीको अवस्था सामान्य छ । प्रहरीका अनुसार घटना दिउँसो साढे ५ तिर भएको हो । उनीहरु मोटरसाइकलमा इटहरीतर्फ आइरहेको बेला यो घटना भएको हो ।