भोजपुरको उत्तरी व्यापारिक केन्द्र दिंलाबाट जिल्ला सदरमुकाम भोजपुर ३८ किलोमिटरको दुरीमा पर्दछ । सडक स्तारोन्नती हुन नसक्दा हिउँदमा धुलाम्य र बर्खायाममा हिलाम्य हुनु यहाँको विशेषतानै हो । विगतका बर्षमा बर्खामा यातायातका साधन चल्न नसक्दा संखुवासभाको तुम्लीङ्टारवाट धनकुटाको लेगुवा हुँदै सदरमुकामको यात्रा गर्न वाध्य थिए । यस बर्ष भने वाटो ठाउँ ठाउँमा हिलाम्य र खाल्डा खुल्डी भएता पनि दिंलाबाट मोटर साईकल तथा सुमो लगायतका साना सवारी दुःख सुख चलिरहेकोले यात्रुहरुले ३ वटा जिल्ला घुमेर यात्रा गरिरहनुपरेको छैन् । २ दिन अघि आएको भीषण बर्षाका कारण बैदार भञ्ज्यांग-तिनतले सडक खण्डमा पहिरोले गर्दा वाटो अवरुद्ध रहेको छ । सवारी साधन हरु बैकल्पिक मार्गवाट वार पार भईरहेकाछन् । हेर्नुस तस्वीरमा वाटोको अवस्थाः