कोशीमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । कोशी प्रदेशमा  मुख्यमन्त्री उद्धव थापाले सपथ लिएसँगै सानो मन्त्रिपरिषद् बनाएका छन् ।  मुख्यमन्त्री थापाले निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका छन् ।त्यस्तै खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा ९एकीकृत समाजवादी का कमलप्रसाद जबेगुले शपथ लिएका छन् । सुनुवार र गौतम दुवै ओखलढुंगाबाट निर्वाचित प्रदेश सांसद हुन् ।प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै अन्य मन्त्रीले पनि शपथ लिएका हुन् । मुख्यमन्त्री थापा मंगलबार नियुक्त भएका हुन् ।