
चैनपुर- तामाङ पत्रकार संघले अन्तराष्ट्रिय आईटी एफ तेक्वान्दो खेलाडी विर वहादुर तामाङलाई सम्मान गरेको छ । सातौं र नवौं राष्ट्रिय प्रतियोगितामा २ पटक स्वर्ण पदक तथा हालै भारतमा सम्पन्न दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा कास्य पदक विजेता तामाङ्लाई तामाङ् पत्रकार संघले २९ औं तामाङ् प्रसारण दिवसको अवसरमा सम्मान पत्र र तागी लगाएर सम्मान गरेको हो ।
तामाङ पत्रकार संघ प्रदेश समितिको आयोजना तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती, सङखुवासभाको व्यवस्थापनमा सङखुवासभा जिल्लाको चैनपुर नगरपालिका ४ को सभाहल कोक्सामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथी चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्ण कुमार तामाङ, विशेष अतिथि नेपाल तामाङ घेदुङ केन्द्रिय सदस्य तथा चैनपुर नगरपालिका ४ का वडाध्यक्ष धन बहादुर तामाङ रहेका थिए । कार्यक्रममा तामाङ पत्रकार संघ केन्द्रिय सदस्य प्रदेश इन्चार्ज मानवी तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती सङखुवासभाको अध्यक्ष काजिमान ग्याबा तामाङ, संघको प्रदेश उपाध्यक्ष मकर तामाङ विभिन्न जिल्ला बाट तामाङ पत्रकार संघ जिल्ला प्रतिनिधि, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, तामाङ पत्रकार संघ प्रदेश समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुले तामाङ पत्रकार उत्पादनमा जोडदिने प्रतिवद्धता जनाएकाछन् । उनिहरुले आफ्नो ठाउँवाट विभिन्न तालिमहरु आयोजना गरेर तामाङ पत्रकार उत्पादन गर्ने प्रतिबद्धता जनाएकाहुन् । २०५१ भाद्र १ मा रेडीयो नेपाला बाट तामाङ भासामा समाचार प्रसरण भएको दिन प्रत्येक वर्ष भाद्र १ गते तामाङ प्रसारण दिवस मनाउने गरिन्छ ।