
षडानन्द नगरपालिकाकाका ईन्टरनेटको पहुँच नभएका आधारभुत तहका ३६ वटा बिद्यालयलाई ब्रोडब्याण्ड ईन्टरनेट सेवा सन्चालनको लागि उपकरण बितरण गरिएको छ । नगरपालिकावाट आज नेपाल दुरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा सामग्री वितरण गरिएको नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिए ।
नगर भित्रका ईन्टरनेट सुविधा नपुगेका ४५ विद्यालय मध्ये बाकी ९ बिद्यालयहरुलाई भोलि उपलब्ध गराई सम्पुर्ण बिद्द्यालयमा यो सेवा उपलब्ध गराईने नगर प्रमुख उदासले जानकारी दिए । अहिले हर क्षेत्रमा ईन्टरनेट सुविधा अत्यावस्यक भैसकेको अवस्थामा लामो प्रयास पछि यो सुविधा दिलाउन सफल भएको नगर प्रमुख उदासको भनाई छ । जस्ले उनले बिद्ध्यालयको गुणस्तर सुधारमा पनि महत्वपुर्ण सहयोग हुने बिश्वास लिनुका साथै प्रबिधिको सहि सदुपयोग होस र हुनेछ भन्ने बिस्वास राखेकाछन् ।
त्यस्तै षडानन्द नगरपालिका भित्रका वाईफाईको पहुच नभएका सम्पुर्ण आधारभुत तहका विध्यालयहरुमा तार रहित सेवा उपलब्ध गराउने योजना अनुरूप उपकरण वितरण गरिएको नगर उप प्रमुख प्रमिला राईले वताईन। उनले ईन्टरनेटको सदुपयोगले शिक्षण सिकाई क्रियाकलापमा सकारात्मक र अपेक्षित नजिता आउने कुरामा विस्वश्त रहेको जनाईन्।
नेपाल दुरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा प्राप्त सामाग्री सांग्रिला ईन्फरमेटिभ प्रालिको प्राविधिक सहयोगमा जडान गरिने वताईएको छ ।