
अहिले सामाजिक सञ्जालमा निकै चर्चामा आएको सामाजिक सञ्जाल टिक टकमा नेपाली टिकटकरहरुले पनिश्मेन्ट च्यालेन्जको नाममा लाइभमा आएर अस्लिल हर्कत गर्न थालेका छन्।
यसमा विशेषत २ व्यक्तिहरु लाइभमा जोडिएका हुन्छन्। तोकिएको समयमा जसले बढी अङ्क प्राप्त गर्छ उहिनै बिजेता बन्छ। यति भएपछि हार्ने व्यक्तिले बिजेता बनेको व्यक्तिले भने अनुरुपको सजाय पुरा गर्नु पर्ने हुन्छ। यसरी अहिले पनिश्मेन्टको नाममा नेपाली समाजमा अपाच्य हुने हर्कत बढ्न थालेको छ।
टिक टकमा पनिश्मेन्टको नाममा अश्लिल हर्कत गर्न लगाउने र गर्ने दुवै व्यक्ति माथि अनुशन्धान गरेर कार्वाही गर्ने साइबर ब्युरोका प्रबक्ता एवम प्रहरी उपरीक्षक पशुपति राएले बताएका छन्।