![](https://www.khabartweet.com/wp-content/uploads/2023/09/math-training.jpg)
ईटहरी-गणित विषयको माध्यमिक र आधारभुत तहका लागि गणित बिषयको प्रश्न पत्र निर्माण सम्बन्धि १ दिने कार्यशाला सम्पन भएको छ। गणित शिक्षा परिषद् कोशी प्रदेश द्वारा आयोजित कार्यशाला इटहरीमा शनिबार सम्पन्न भएको हो ।
गणित शिक्षा परिषद् कोशी प्रदेशका अध्यक्ष सन्तोष बिष्टको अध्यक्षता र शिक्षा ,युबा तथा खेलकुद महाशाखा इटहरीका अधिक्कृत फाल्गुनि प्रसाद काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यशालाको सम्योजन गणित शिक्षा परिषद् जिल्ला शाखा सुनसरी रहेको थियो भने एलाइड पब्लिकेशन काठमाडौँको प्रायोजक रहेको थियो ।
परिषद्का कोषाध्यक्ष भरत शाक्य द्वारा सञ्चालित उद्घाटन सत्रमा परिषद् सदस्य जनक ढकालले स्वागत मन्तब्य राखेका थिए भने कार्यशालाका परिकल्पनाकार तथा गणित शिक्षा परिषद् कोशी प्रदेशका सल्लाहकार एवम् पुर्ब केन्द्रीय सदस्य दण्डपाणी गौतमले कार्यक्रम माथि प्रकाश पारेका थिए उद्घाटन समारोहमा प्रमुख अतिथी फाल्गुणी प्रसाद काफ्ले, एलाइड पब्लिकेशनका अध्यक्ष सन्जिब सत्याल र मार्केटिङ म्यानेजर बिनोद उपाध्यायले शुभकामना मन्तव्य राखेका थिए।
विशिष्ट अतिथि रहेका पाठ्यक्रम विकास केन्द्रका का बिषय विज्ञ राम चन्द्र ढकालले कक्षा ९-१० को प्रश्न पत्र निर्माण कार्यशालामा सहजिकरण गर्नुभएको थियो भने प्रशिक्षक तथा गणित बिषयका विज्ञ सुशिल खनालले कक्षा ६-८ को प्रश्न पत्र निर्माण कार्यशालामा सहजिकरण गर्नुभएको थियो।
कोशी प्रदेशका १३० जना गणित विषयका शिक्षकहरु सहभागी भएको कार्यशाला लाई मा.वि. तह र आधारभूत तह गरि २ समुहमा विभाजन गरिएको उक्त कार्यशालामा सहभागीहरु सक्रिय रुपमा समुहगत छलफलमा सहभागि भएका थिए साथै यो कार्यशाला एकदम फलदायी रहेको र यस्ता कार्यक्रमहरुको निरन्तरताको अपेक्षा रहेको सहभागी हरुले बताएका थिए।
सहभागी हरुका तर्फबाट झापा शाखा अध्यक्ष सोम नाथ बराल, मोरङ्ग शाखा अध्यक्ष हरि प्रसाद पराजुली र लोक बहादुर खड्काले बिचार ब्यक्त गरेका थिए। उनिहरुले यस्ता कार्यशालाहरु नियमित रुपमा सरकारको तर्फवाटपनि आयोजना तथा सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए ।
समापन समारोहमा प्रशिक्षक द्वय र प्रायोजक लाइ मायाको चिनो प्रदान गरिएको थियो भने सहभागी शिक्षक हरुलाइ प्रमाण पत्र प्रदान गरिएको थियो। कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापती तथा गणित शिक्षा परिषद् कोशी प्रदेशका अध्यक्ष सन्तोष बिष्टले गणित शिक्षालाइ अगाडि बढाउन यस्ता कार्यक्रम, तालिम तथा गोष्ठीहरु गर्दै जाने बताएकाछन् ।