दिङ्ला । शनिबार राती परेको अबिरल वर्षा र हावा हुरिले भोजपुरको षडानन्द नगरपालिकाको पुरानो भवन पुर्णरुपमा क्षती भएको छ । अविरल वर्षाका कारण त्यहा नजिकै रहेको रूख लड्दा भवन पूर्ण रूपमा क्षति भएको हो।
कर्मचारीहरू सुतिरहेको अबस्थामा रुख ढलेको भएता पनि कुनै पनि मानवीय क्षति भने नभएको षडानन्द नगरपालिकाका उपमेयर प्रमिला राईले जानकारी दिईन।
नगरको कार्यालय केही बर्ष अघि कृषि निबार
चौकीमा सरेपछी पुरानो नगरको भवनमा पालिकामा कार्यरत कर्मचारीहरूले क्वाटर रुपमा प्रयोग गर्दै आएका छन् ।