षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासलाई मात्रृशोक

दिंला,१९ भदौ- षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासलाई मात्रृशोक परेको छ । केहि महिना अघिदेखि क्यान्सर रोगवाट पिडित उदासकी माता भुवनेश्वरी उदासको ८३ बर्षको उमेरमा षडानन्द नगरपालिका- ११ स्थित झ्याउँपोखरीमा रहेको निजि निवासमा आज विहान १०:३० निधन भएको हो ।

मृतकका नगर प्रमुख उदास सहित २ छोरा र ३ छोरी छन् । मृतकको आज दिउँसो षडानन्द नगरपालिका १२ स्थित खकुवा दोभानमा अन्त्योष्ठी गरिएको छ ।