
काठमाडौं। यस अघि अनपब्लिसमा रहेको रुटिन अफ नेपाल बन्द पुन सुचारु हुने भएको छ। रुटिन अफ नेपाल बन्दमा कार्यरत् एक कर्मचारीका अनुसार केही समयपछि पेज पुन सुचारु हुने तयारीमा सञ्चालक रहेका छन। अहिले टिक टकमा कन्टेन्टहरु प्रसारण गरिरहेका छौ।
बाहिर हल्ला चलेजस्तो रुटिन अफ नेपाल बन्दमा बन्द नै हुन लागेको होइन।रुटिन अफ नेपाल बन्दको सक्कली पेजलाई भिक्टर पौडेलले अनपब्लिस गरिसके पछि अहिले सोही नाममा फेसबुकमा छ्यापछ्याप्ती नक्कली पेजहरू खुलिरहेका छन्।
केहि समय काठमाडौंका मेयर बालेन शाहको पुत्रीलाभको खबरको विषयलाइ लिएर आलोचना भएपछि सञ्चालक पौडेलले पेज अनपब्लिस गरेका हुन्।