भोजपुरमा एकै बर्ष ५१ जनाले गरे आत्महत्या

भोजपुर- भोजपुर जिल्लामा गएको बर्ष ५१ जनाले आत्महत्या गरेकाछन् । आर्थिक बर्ष २०७९/८० मा यतिको संख्यामा भोजपुरमा आत्महत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएको बर्ष भोजपुरमा २५ जना पुरुष, १९ जना महिला, ४ जना बालक र ३ जना बालिकाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले बताउँछ ।

भोजपुरमा विभिन्नकारणले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिर्घ मानशिक रोगका कारण १० जना, पारिवारिक वेमेलका कारण ७ जना , असफलताका कारण ५ जना , आर्थिक लेनदेनका कारण ४ जना र अन्य कारण २५ जनाले आत्महत्या गरेको पाईएको छ ।

गएको ३ बर्षको तथ्यांक हेर्दा तीनै बर्ष भोजपुरमा ५१-५१ जनाले आत्महत्या गरेको पाईएको छ ।