नेपालीहरुको महान चाड दसैं तिहार नजिकिँदै गर्दा जिराको भाउ ह्वात्तै बढेको छ। गत वर्षको माघ सम्म ५५० प्रति किलो रहेको जिराको भाउ बढेर हाल १२५० प्रतिकिलो पुगेको हो।
गत आर्थिक वर्ष २०७९/८० को तुलनामा यस वर्ष सोही अवधिमा जिराको मुल्य १२७ प्रतिशतले महङ्गीएको छ।
हाल नेपाली बजारमा जिराको मुल्य १२सय ५० प्रति किलो रहेको छ।
नेपालमा अधिकांश जिरा भारत बाट भित्रीने भएकोले भारतमा यसको उत्पादन कमि आए पछि नेपालमा जिराको भाउ महंगो भएको व्यापारिहरु बताउँछन् ।