विराटनगर । मोरङको ग्रामथानमा पोखरीमा नुहाउन गएका २ बालिकाको डुबेर मृत्यु भएको छ । नुहाउने क्रममा पोखरीमा डुबेर शनिबार १० र १२ बर्षका दुई जना बालिकाको मृत्यु भएको हो ।
ग्रामथान गाउँपालिका–२ मा रहेको रम्भा देवको माछा पोखरीमा डुबेर १० र १२ वर्षीया बालिकाको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको डुबेर मृत्यु भएको बताए ।
पोखरीमा नुहाउने क्रममा डुबेका उनीहरुलाई पोखरीबाट उद्वार गरी उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल पुर्याएपनी उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका हुन ।