काठमाडौं । सरकारसँग भएकाे ७ बुँदे सहमतिमा असहमति जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राखेका छन् । सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफनो माग समाधान नगरेको भन्दै राहतका शिक्षकहरुले आन्दोलन यथावत राखेका हुन् ।
उनीहरुले माइतीघरबाट आन्दोलन जारी राखेका छन् । बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौं केन्द्रीत भएर आन्दोलन गरिरहेका थिए ।
शुक्रबार साँझ शिक्षकहरुसँग सरकारले वार्ता गरेपछि शिक्षकहरुको आन्दोलन स्थगित गरेको थियो । तर सरकारसँग गरेको ७ बुँदे सहमतिमा राहतको शिक्षकलाई नसमेटेको भन्दै उनीहरु आक्रोशित भएका हुन् । उनीहरु शिक्षक आन्दाेलनकाे आह्रान गरेकाे नेपाल शिक्षक महासंघसँग रिसाएका छन् ।
सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नगरेपछि आन्दोलन जारी राखेको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए ।