झापा, १२ असोज । झापाको अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई नगरपालिकाले जिम्मेवारीबाट हटाएको छ ।
एक जना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले बस्नेतलाई फलो गर्दै गएर फेला पारी भकुरेको भिडियो समाजिक संजालमा भाइरल बनेको थियो ।
सामाजिक संजालमा भिडियो भाईरल बनेपछि नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख बस्नेतलाई ३ दिन भित्र लिखित जवाफ पेस गर्न भन्दै जिम्मेवारीबाट हटाएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिलोचन रिमालले बताए ।
रिमालले पुर्वी प्रेस सग कुराकानी गर्दै भने(‘३ दिन भित्र उहालाई स्पष्टीकारण पेस गर्न समय दिएका छौ, स्पष्टीकरण पेश नभएसम्म शाखा प्रमुखको जिम्मेवारीबाट हटाएका हौ ।’
शाखा प्रमुख पालिकाकै महिला कर्मचारी सग डेटिङ जानुभाको भन्ने कुरा आको छ महिला कर्मचारीलाई के कार्वाही भयो सर सर भन्ने प्रश्नमा रिमालले भने(‘भिडियोमा महिलाको अनुहार प्रष्ट नदेखिएका कारण पालिकाकै कर्मचारी हुन वा होइनन भन्नेमा छ, हामिले बस्नेत जिलाई ३ दिनको समय दिएका छौ, सो समयमा उहाले दिएको जवाफको आधारमा कार्वाही प्रक्रिया अगाडी बढ्छ।’