पथरी । असोज १ गते देखी हराएका पथरीशनिश्चरे २ का २६ वर्षीय करण सुव्बा घरबाट हराएको ९ दिन पछि मृत फेला परेका छन। मोरङको पथरीशनिश्चरे२ मा रहेको सुन्दर सामुदायिक वन क्षेत्रमा बेबारिसे अवस्थामा सुव्बाको शव भेटिएको हो ।
सामुदायिक वन क्षेत्रभित्र रहेको गोहीखोलामा पल्टिरहेको अवस्थामा आसोज असोज ९ गते प्रहरीले शव भेटेको थियो ।
मृतको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको प्रहरीले जनाएको छ ।
मृतक सुब्बा असोज १ गते देखी हराएका थिए घरबाट हराएको ९ दिन पछि उनि मृत फेला परेका हुन ।