नेपाली कांग्रेस धेरै कुरामा प्रष्ट हुन बाँकी छ: प्रदीप पौडेल

दिंला, १६ असोज- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदिप पौडेलले नेपाली कांग्रेस धेरै कुरामा प्रष्ट हुन बाँकी रहेको वताएकाछन् । आज भोजपुरको षडानन्द नगरपालिकामा आयोजित नेपाली कांग्रेसको नगर सम्मेलनमा सम्वोधन गर्ने क्रममा पौडेलले पार्टी नेत्रृत्वप्रति लक्षित गर्दै यस्तो विचार राखेकाहुन् ।

नेपाली कांग्रेसको नेतृत्वको तीव्र आलोचना भईरहेको अवस्थामा पौडेलको यस्तो अभिव्यक्ति आएको हो । विश्वेश्वर प्रसाद कोईरालाको समयमा कांग्रेस स्पष्ठ रहेको उनको भनाई थियो । उनले भने “विपि कोईरालाको समयमा कांग्रेस कुनैपनि कुरामा अस्पष्ठ थिएन । हामीले नेत्रृत्व गरेको समयमा अहिले कांग्रेस धेरै कुरामा स्पष्ठ हुन बाँकी छ ।” विपि कोईराला निडर रहेको पनि उनले वताए । विपिले २०१५ सालमा गरेको भाषण स्मरण गर्दै सुर्यको प्रकाश, वायुमण्डलको अक्सिजन र नदिको पानीले धनि गरिव नछुट्याउने विचार राखे । नेपाल २०१५ सालतिर सामन्तीहरुको पञ्जामा रहेको समयमानै विपिले कांग्रेसलाई दुई तिहाँई दिलाउन योगदान दिएको स्मरण गरे । त्यो समयमै विपि कोईरालाले संसदलाई समावेशी वनाएको साथै नेपालको समृद्धिको विषयमा समेत खाका कोरेको विचार राखे ।

नेपाली कांग्रेसले नगर तहमा पहिलो पटक नगर सम्मेलन गर्ने प्रयास थालेको पनि उनले धारणा राखे । तल देखि माथि सम्म पार्टीलाई सुदृढिकरण गर्दै लैजाने पार्टीको नीति अनुरुप यस्तो कार्यक्रम थालेको उनले वताए । दिंला बजार स्थित बहुउद्धेस्यि भवनमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्र, प्रदेश, जिल्ला, स्थानिय तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।