सोलु उडेको सातवटा हेलिकोप्टर लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण

खोटाङ, असोज १९ । काठमाडौँबाट सोलुखुम्बुका लागि उडेका सातवटा हेलिकोप्टर खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिकअवतरण गरिएको छ । सोलुखुम्बुको लुक्लाका लागि उडेको हेलिकोप्टर खराब मौसमका कारण शुक्रबार बिहान लामीडाँडाविमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

खराब मौसमका कारण बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सातवटा हेलिकोप्टर अवतरण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङकाप्रवक्ता प्रहरी निरीक्षक टीकाराम बरालले जानकारी दिनुभयो । मौसममा सुधार आएपछि सातवटै हेलिकोप्टर गन्तव्यतर्फ उडेको छ ।

पर्यटक बोकेको हेलिकोप्टर लुक्लामा ल्याण्ड ९अवतरण० हुने अवस्था नभएपछि फर्किएर लामीडाँडामा बिश्राम लिएको रावाबेँसीगाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले बताउनुभयो । वि।सं। २०७६ सालदेखि उडान बन्द रहेको लामीडाँडामा लुक्लामाआवतजावत गर्ने हेलिकोप्टरले आकस्मिक अवतरण गर्दै आएको छ ।

जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएपनि अहिलेसम्म हवाईजहाज उडान तथा अवतरणभएको छैन ।

जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै छिमेकी जिल्ला ओखलढुङ्गार सोलुखुम्बुका स्थानीय बासिन्दालाई समेत सेवा दिने उद्देश्यले निर्माण गरिएको लामीडाँडा विमानस्थल यसअघि जिल्लाको निक्कैव्यस्त रहने विमानस्थलमा पर्दछ ।