नेपाल एयरलाइन्समा इजरालयमा मारिएका विद्यार्थीको शव नआउने

काठमाडौं । शनिबार इजरायलको दक्षिणी भागमा हमासले गरेको आक्रमणमा मृत्यु भएका विद्यार्थीको शव इजरायल सरकारको संरक्षणमा सुरक्षितसँग राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उद्धारका लागि नेपाल एयरलाइन्सको २५० सिट भएको जहाज आज राति इजरायल जाँदै छ । शवहरू ल्याउनविभिन्न प्रोटोकलहरू पूरा गर्नुपर्ने भएकाले आज जाने जहाजबाट शव ल्याउन सम्भव नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परिवारले यो कुर बुझ्नुहुने छ, शव ल्याउन थप केहीदिन लाग्छ,मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन् ।