संखुवासभाको चिचिला गाउँपालिका ३ का विकास राईलाई संखुवासभा प्रहरीले दशौं पटक पक्राउ गरेको छ । स्थानीयलाई कुटपिट गर्ने, तोडफोड गर्ने र लागु औषध विक्री वितरण गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई खाँदबारी नगरपालिका ७ नमुना टोलबाट मंसिर १७ गते प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट किरव डेढ किलोग्राम गाजा समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई मंसिर १४ गते चिचिला गाउँपालिका ३ ढोलबाजे टोलमा नियन्त्रण गर्ने क्रममा उनको साथमा रहेको गाजा फालेर भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
राई १५ बर्षको अवधिमा विभिन्न आरोपमा दशौं पटक पक्राउ परेको संखुवासभा प्रहरीले वताएको छ ।