भोजपुरमा खुल्ला पुरुष फुटबल प्रतियोगिता शुरु

भोजपुरको उत्तरी षडानन्द नगरपालिका- ६ स्थित घ्याम्पे रंगशालामा खुल्ला पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ । षडानन्द नगरपालिका र षडानन्द नगरपालिका वडा नम्वर- ६ को प्रायोजन तथा षडानन्द नगरपालिका-६ खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगितामा कोशी प्रदेशका भोजपुर, संखुवासभा, सुनसरी मोरङ जिल्लाका २६ फुटबल टीमको सहभागीता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल स्वरुप २ वटा खेल खेलाईएको छ । स्थानिय अरुण मावि र षडानन्द माविका छात्राहरु साथै राजनीतिक दल र कर्मचारीहरु विच पुरुषको मैत्रिपूर्ण खेल समेत सञ्चालन भएकाछन् । छात्राहरु विचको खेलमा अरुण मावि ट्राई ब्रेकरमा ६-५ गोल अन्तरले विजयी भयो भने राजनीतिक दले २-१ गोल अन्तरले कर्मचारी टीमलाई पराजित गर्न सफल भयो । समय अभावका कारण आज प्रतियोगितात्मक कुनैपनि खेल सञ्चालन हुन नसकेको र भोली विहानवाट नियमित खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।

मंसिर २४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको एक कार्यक्रमका विच भोजपुरका प्रदेश कमिटी सदस्य तथा कांग्रेस जिल्ला सभापति विनोद वान्तवा राईले एक कार्यक्रमका विच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै राईले खेलकुदमा झेल हुन नहुने विचार राखे । उनले राजनीतिमा नेतृत्ववाट झेल हुने गरेको स्विकार्दै आयोजक तथा निर्णायकलाई लक्षित गर्दै राम्रा खेलाडीको प्रोत्साहन गर्न ध्यानाकर्षण गराए ।

प्रतियाृेगितामा प्रथम हुनेले ७१ हजार, दितीयले ५१ हजार , तेस्रोले ३१ हजार र सान्त्वना पुरस्कार वापत चौथो हुनेले ११ हजार नगद पुरस्कार पाउने र व्यक्तिगत विधा तर्फ उत्ृष्ट हुने खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको वडा खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र वस्नेतले जानकारी दिए ।