भोजपुरको षडानन्द नगरपालिका ४ दिंला बजारमा नियमित संचालन हुदै आएको खुल्ला तथा वि डिभिजन भेट्रान्स ४५ बर्ष माथिको व्याडमिण्टन प्रतियोगिता माग १४ गते देखि १६ गते सम्म सञ्चालन हुने भएको छ ।दिंला व्याडमिण्टन क्लबको आयोजना तथा षडानन्द नगरपालिका र षडानन्द नगरपालिका ४ को संयुक्त प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता दिङ्ला बजार स्थित कभर्डहलमा सञ्चालन हुने वताईएको छ ।
प्रतियोगिताको पुरस्कार प्रथम स्थान हाँसिल गर्ने जोडीलाई ४० हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले २५ हजार नगद, मेडल र प्रमाण पत्र र सेमिफाईनलिष्ट २ टीमले १०-१० हजार नगद र वी डिभिजन तर्फ प्रथम स्थान हाँसिल गर्ने जोडीलाई २५ हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले १५ हजार नगद, मेडल र प्रमाण पत्र र सेमिफाईनलिष्ट २ टीमले ७५-७५ सय गतबर्षकोमा नघटाई प्रदान गरिने आयोजकले जनाएको छ ।