दिंला- भोजपुरको षडानन्द नगरपालिका ७ दिंला बजारमा अवस्थित अरुण माध्यमिक विद्यालयले विद्यालयको ६० औं बार्षिकोत्सव तथा हिरक महोत्सव मनाएको छ । विद्यालय पा्ङ्गणमा विद्यालयले पुर्व प्रद्यानाध्यापक तथा शिक्षक सम्मान, अक्षयकोष दाता सम्मान, छात्रवृत्ति वितरण, अन्तर विद्यालय लोक नृत्य, वक्तित्वकला, हिसाव दौड प्रतियोगिता, मार्चपास तथा लोगो प्रदर्शन, गीत सँगीतकाका साथै विद्यालयको आन्तरिक खेलकुद प्रतियोगिता, उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरेर हिरक महोत्सव सम्पन्न गरेको हो ।
षडानन्द अधिकारीले १९३२ मा संस्कृत पाठशाला सञ्चालन गरेको यो भुमिमा स्थानियले समय सापेक्ष अंग्रेजी शिक्षाको आवश्यकता महशुस गरि वि.सं२०२१ मा यस विद्यालयको स्थापना गरेकाहुन् ।