भोजपुरको षडानन्द नगरपालिका ४ दिंला बजारमा नियमित संचालन हुदै आएको खुल्ला तथा वि डिभिजन भेट्रान्स ४५ बर्ष माथिको व्याडमिण्टन प्रतियोगिता आज माघ १४ गते देखि १६ गते सम्म सञ्चालन हुने भएको छ ।दिंला व्याडमिण्टन क्लबको आयोजना तथा षडानन्द नगरपालिका र षडानन्द नगरपालिका ४ को संयुक्त प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता दिङ्ला बजार स्थित कभर्डहलमा सञ्चालन हुने दिंला व्याडमिन्टन संघका अध्यक्ष नरेन्द्र तामाङले जानकारी दिए ।
प्रतियोगिताको पुरस्कार प्रथम स्थान हाँसिल गर्ने जोडीलाई ४० हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले २५ हजार नगद, मेडल र प्रमाण पत्र र सेमिफाईनलिष्ट २ टीमले १०(१० हजार नगद र वी डिभिजन तर्फ प्रथम स्थान हाँसिल गर्ने जोडीलाई २५ हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले १५ हजार नगद, मेडल र प्रमाण पत्र र सेमिफाईनलिष्ट २ टीमले ७५७५ सय गतबर्षकोमा नघटाई प्रदान गरिने आयोजकले जनाएको छ ।
आज दिउँसो औपचारिक कार्यक्रमकाविच प्रतियोगिताको उद्घाटन हुने आयोजक दिंला व्याडमिन्टन संघले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाका सचिव लेखनाथ श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको खवरट्वीट डटकमको फेसबुक पेजवाट प्रत्यक्ष प्रसारण हुनेछ ।