पुरुष डवल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि भोजपुरलाई

दिंला–भोजपुरको षडानन्द नगरपालिका ४ दिंलामा मंगलवार सम्पन्न पुरुष डवल्स व्याडमिण्टन प्रतियोगिता (खुल्ला तथा बी डिभिजन) दुवै तर्फको उपाधि भोजपुरले जितेको छ । सहिद दिवसको अवसरमा माघ १४ देखि १६ गतेसम्म आयोजना गरिएको प्रतियोगिताको फाईनल खुल्ला तर्फको फाईनल विवेक र विशाल तामाङको जोडीले मोरङका लाक्पा शेर्पा र विनय चौधरीको जोडीलाई सोझो सेटमा २१-१७,२१-१२,२१-११ ले पराजित गरेकाहुन् ।

प्रतियोगिताको बि डिभिजन तर्फ भोजपुरका चन्दन कट्वाल र सुरज राना मगरले प्रथम स्थान हासिल गरेका छन् । खाँदबारीका मोहन कट्वाल र राजेन्द्र श्रेष्ठको जोडीलाई ३-१ को सेटमा २१-९,२१-११,२०-२२ र २३-२१ ले पराजित गर्दै उपाधि कव्जा गरेकाहुन । ए डिभिजन तर्फको खाँदबारीका मुनुहाङ गुरुङ र निशान कट्वाल तथा भोज बहादुर गुरुङ र संगम गिरी सेमिफाईनलिष्ट भएका छन् । त्यस्तै बि डिभिजन तर्फ दिङ्लाका सुजन श्रेष्ठ र विकाश श्रेष्ठ तथा तुम्लिङटारका मनोज श्रेष्ठ र सफल श्रेष्ठ सेमिफाईनलिष्ट भएका छन् ।

प्रतियोगितामा ए डिभिजन तर्फ प्रथम स्थान हाँसिल गर्ने जोडीलाई ४० हजार नगद,ट्रफी, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले २५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र, सेमिफाईनलिष्ट हुने दुई जोडीले १५ हजार नगद मेडल र प्रमाण पत्र प्राप्त गरे ।

बि डिभिजन डिभिजन तर्फ प्रथम स्थान हाँसिल गर्ने जोडीलाई २५ हजार नगद,ट्रफी, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र, सेमिफाईनलिष्ट हुने दुई जोडीले ७ हजार ५ सय नगद मेडल र प्रमाण पत्र प्राप्त गरे ।

भोजपुर, संखुवासभा, मोरङ, उदयपुर , सुनसरी जिल्लाका साथै विभागीय टीम ससस्त्र प्रहरीको समेत गरि खुल्ला तर्फ ८ टीम र बी डिभिजन तर्फ भोजपुर र संखुवासभाका २२ टीमको सहभागिता रहेको थियो ।