षडानन्द,राम प्रसाद,आमचोक र दमक पालिका स्तरिय भलिबल प्रतियोगिताको सेमिफाईनलमा

भोजपुर,२६ माघ- भोजपुरका षडानन्द नगरपालिका,राम प्रसाद राई गाउँपालिका, आमचोक गाृउँपालिका र झापाको दमक नगरपालिका भोजपुरको दिंलामा जारी कोशी प्रदेश पालिका स्तरिय भलिबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेकाछन् ।

आज भएको क्वाटर फाइनलका खेलमा षडानन्द नगरपालिकाले तुलनात्मक रुपमा कमजोर भोजपुर नगरपालिकालाई २५-१८, २५-१४ र २५-११ ले सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । अर्को प्रतिस्पर्धात्मक खेलमा रामप्रसादराई गाउँपालिकाले साल्पासिलिछो गाउँपालिकाललाई २५-१९, ११-२५, २५-१८ र २५-१४ ले पराजित गर्यो । दमक नगरपालिकाले बेलबारी नगरपालिकालाई २५-२३, २६-२४, २३-२५ र २५-१६ को सेटमा खेल आफ्नो हातमा पार्न सफल भयो । आम्चोक गाउँपालिकाले टेम्केमैयुम गाउँपालिकालाई सोझो सेटमा २५-१५, २५-१७ र २५-१६ ले लगातार तिन सेट जित्दै सेमिफाइनल प्रवेश गरेको छ ।

‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा कोशी प्रदेशका भोजपुर, मोरंग र झापा जिल्लाका विभिन्न स्थानीय तहका ८ वटा टिमको सहभागिता रहेको आयोजक जिल्ला खेलकुद विकास समिति भोजपुरले जनाएको छ ।

माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.एक लाख ५० हजारको साथ ट्रफि मेडल र प्रमाण पत्र , द्वितिय र तृतीय स्थान हासिल गर्ने टिमले प्रमाण पत्रको साथमा क्रमशः नगद रु। एक लाख र रु ५० हजार पाउने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले जानकारी दिए ।