षडानन्द बहुमुखी क्याम्पसमा प्राकशाश्त्री  कक्षा सञ्चालन हुने

भोजपुरको षडानन्द नगरपालिकामा रहेको षडानन्द बहुमुखी क्याम्पसमा प्राक शाश्त्री (भाषा प्रशिक्षण) कक्षा सञ्चालन हुने भएको छ । यसै शैक्षिक सत्रदेखि सञ्चालन हुने क्याम्पस प्रमुख नगेन्द्र वस्नेतले जानकारी दिए ।
नेपाल संस्कृत विश्वविद्यालयबाट स्वीकृत प्रशिक्षणमा कक्षा १२ उत्तिर्ण भएका  पछि संस्कृत भाषाअध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रम संचालनगरिएको क्यापसले जनाएको छ । ५ महिने यो कोर्ष उत्तीर्ण गरेपछि संस्कृत विषयमा शास्त्री (स्नातकतह) मा भर्ना हुनपाइने क्याम्पसले जनाएको छ । प्रशिक्षणमा अनीवार्यसंस्कृत व्याकरण,अनीवार्य संस्कृत बाङ्मय र ऐच्छिक ज्योतिष विषयहरु पढाइ हुने क्याम्पस प्रमुख वस्नेतले जानकारी दिए ।