भोजपुर,२७ माघ- भोजपुरको षडानन्द नगरपालिका र झापाको दमक नगरपालिकाले भोजपुरको दिंलामा सम्पन्न कोशी प्रदेश पालिका स्तरिय भलिबल प्रतियोगिताको उपाधि जितेका छन्। सुन्दा अनौठो लाग्ने समाचार भएता पनि अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा सामान्य विवाद भएर समय अभावका कारण खेल सम्पन्न गर्न सम्भव नभएपछि दुवै टीमलाई विजेता घोषणा गरिएको हो ।
निर्धारित समय अनुसार आज दिउँसो सञ्चालन भएको फाईनल खेलमा पहिलो सेटमा दमकले २५ २० ले षडानन्दलाई हराएको थियो । दोस्रो र तेस्रो सेटमा षडानन्दले दमकलाई २६२४ र ३०२८ ले हराउदै कम्व्याक गरेको थियो । निर्णायक तथा पाँचौ सेटमा ९४ ले पछि परेको अवस्थामा कम्व्याक गर्दै दमकले १७ १७ वनाएको थियो । वरावरी भएको अवस्थामा रेफ्रीले दमकका खेलाडीको नेट टच भएको निर्णय गर्दै षडानन्दलाई अंक दिएपछि १८१७ को अवस्थामा दमकले रेफ्रीको निर्णय नमान्दै खेलमैदान छोडेका थिए । विवादका कारण समय अभाव भएपछि सहमतिमा दुवै टीमलाई संयुक्त रुपमा विजयी घोषित गरिएको प्रतियोगिताको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
उपाधि विजेता दुवै टिमले नगद रु.एक लाख २५ हजारको साथमा ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताका सेमिफाईनलिष्ट २ टीमले ३०३० हजार पुरस्कार प्राप्त गरे । सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा कोशी प्रदेशका भोजपुर, मोरंग र झापा जिल्लाका विभिन्न स्थानीय तहका ८ वटा टिमको सहभागिता रहेको आयोजक जिल्ला खेलकुद विकास समिति भोजपुरले जनाएको छ ।