दिङ्ला- भोजपुरको षडानन्द नगरपालिका ७ को वडा भवन उद्घाटन भएको छ । एक औपचारिक कार्यक्रमकाविच ुिसंहवाहिनी टोलमा निर्मित वडाकार्यालयको नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले भवनको उद्घाटन गरेकाहुन् ।
भवन उद्घाटक कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख उदासले वडाका जनताहरुलाई पायक पर्ने स्थानमा वडा कार्यालय स्थापन गरेर सेवा प्रदान गर्ने वातावरण वनाएकोमा वडाका पुर्व पदाधिकारी र वर्तमान पदाधिकारीप्रति राम्रो काम गरेकोमा प्रशंसा गरे । उनले अघिल्लो कार्यकालका पदाधिकारीले सुरु गरेको काम हालका पदाधिकारीले विना पुर्वाग्रह काम सम्पन्न गरेकोमा अरु वार्डमा समेत यस्तै किशिमले काम हुनुपर्ने वताए । नगर प्रमुख उदासले नगरको प्रशासकीय भवन समेत पहिलो कार्यकालका पदाधिकारीले डिपिआर गरेको र आँफुले त्यहिँ नगर भवन निर्माणको काम विना प्रतिशोध अगाडि वढाएको समेत वताए । उनले सवैको सहभागितामा वडा भवनलाई हराभरा वनाउन आग्रह गरेकाछन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै नगरपालिकाकी उपप्रमुख प्रमिला राईले वडा भवन निर्माण गरि नयाँ भवनवाट सेवा सुरु गरेर ७ नम्वरले महत्वपूर्ण उपलव्धि हाँसिल गरेको विचार व्यक्त गरिन । उनले वडा कार्यालय उद्घाटन हुनु ठूलो कुरा भएको उजागर गर्दै वडावाट दिईने सेवा प्रवाहमा चुस्त दुरुस्त हुनमा सम्पूर्ण वडावासीको पनि उत्तिकै भूमिका हुने वताईन् ।
नगरपाकिलाका प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार चापागाईँले कर्मचारी अभावमा व्यवस्थापन चुनैतीपूर्ण भएको विचार राखे । उनले राज्यको परिकल्पना वडावाटै सम्पूर्ण सेवा सुविधा जनतालाई प्रदान गर्ने भएता पनि कर्मचारी अभावमा सेवा दिन समस्या भईरहेको वताए । उपलव्ध जनशक्तिवाट अधिकतम सेवा दिई रहेको समेत वताए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अरुण माध्यमिक विद्यालयका प्रद्यानाध्यापक सञ्जीव न्यौपानेले वडा कार्यालयले विना ढिलासुस्ती चुस्त दुरुस्त सेवा प्रदान गरि शुसासनको प्रत्याभुति दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा वडा नम्वर ७ का पुर्व वडाध्यक्ष बुद्धसिं तामाङ्ले आफ्नो कार्यकालमा सुरु गरेकोकाम हालको कार्यकालले सम्पन्न गरि वडाको आफ्नै भवनवाट सेवा सुरुवात गरेकोमा पुर्व तथा हालको कार्यकालका पदाधिकारी तथा कर्मचारी र जग्गादाता प्रति धन्यवाद प्रकट गरे । उनले अघिल्लो कार्यकालमा क्याम्पसको भवनवाट एउटै कोठावाट २ वटा वडा सञ्चालन र एक जना सचिववाट ३ वटा वडाको सेवा दिनुपर्दाको वाध्यताको समेत स्मरण गरे । उनले आफ्नै वडा भवनवाट सेवा दिँदा प्रभावकारीहुने समेत विश्वास राखे ।
जग्गादाता हेमराज गुरागाईले जनतालाई सेवा सुविधा दिने वडाकार्यालयलाई जग्गा दान गर्न पाउँदा हर्षविभोर भएको भाव व्यक्त गरे । उनले सानो दानले जनताले सुविधा पाउने अवस्थामा जग्गा दान गरेको वताए ।
कार्यक्रमको समापन गर्दै वडाध्यक्ष दिपेश विष्टले पहिलो कार्यकालका पदाधिकारीले भवन निर्माण सुरुवात गरेर प्रसंसनीय काम गरेको वताए । उनले आँफु सधैं जनताको पक्षमा काम गर्न लागि परेको कारण अधिकांस वडावासीलाई पायक पर्ने स्थानमा कार्यालय निर्माण सम्पन्न गरि सेवा प्रदान गर्न थालिएको वताए । उनले वडावासीलाई वडाका विकास तथा सेवा सुविधाका विषयमा सकारात्मक सुझाव दिन समेत आग्रह गरे । उनले आफ्नो कार्यकालमा शिक्षा, सडक, खानेपानी, कृषि, सिंचाई लगायतका क्षेत्रमा उल्लेख्य फड्को मारेको वताए । उनले प्रतिपक्षि मिसन ८४ को हल्ला चलिरहेको अवस्थामा आँफु मिसन टुडेमा लागि परेको वताए ।
कार्यक्रममा वडा कार्यालयका जग्गा दाताहरु सुर्य वहादुर जोशीको परिवारका साथै खोम चन्द्र गुरागाईँ र हेमराज गुरागाईँलाई दोसल्ला, रुद्राक्षकोमाला र कदर पत्र सहित सम्मान पनि गरिएको थियो ।