दिङ्ला-मलेसियामा आयोजना हुने अन्तराष्ट्रिय आईटी एफ तेक्वान्दो प्रतियोगितामा सहभागिहुन जाने भोजपुरको षडानन्द नगरपालिकाकी सजिना तामाङ्लाई आर्थिक सहयोग गर्ने भएको छ । तामाङ्लाई नगरपालिकाले मलेसिया आउने जान लाग्ने टिकट वापतको ५५ हजार रुपैंया सहयोग गर्ने नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिए ।
तामाङ्लाई आजै नगरपालिकाले एक कार्यक्रमका विच विदाई पनि गरेको छ । नगर प्रमुख उदास, उप प्रमुख प्रमिला राई, प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार चापागाईँ लगायतले रुद्राक्षको माला, खादा तथा अविर लगाएर विदाई गरेका हुन । षडानन्द नगरपालिका ८ की स्थायी वासिन्दा तामाङ्ले गत बर्ष भारतको ईलाहवादमा भएको दक्षिण एसियालि च्याम्पिएनसिपमा समेत एकल स्पाईरिंग तर्फ रजत र ग्रुप स्पाईरिंगमा स्वर्ण पदक प्राप्त गरेकी थिईन । तामाङ् सो प्रतियोगितामा सहभागिहुन जाने नेपालको एक्ली महिला खेलाडी रहेको भोजपुर जिल्ला आईटीएफ संघका सचिव मोहन तामाङ्ले जानकारी दिए ।