
दिंला,१६ फागुन- भोजपुरको षडानन्द नगरपालिकामा मेलमिलापकर्ताहरूको लागि मेलमिलाप सम्बन्धी ८ दिवसीय आधारभूत तालिम शुरु भएको छ । षडानन्द नगरपालिकाको आयोजना तथा मानव अधिकार मंच नेपाल,इलामको सहजीकरणमा षडानन्द नगरपालकिा ७ स्थित गान्धी मेमोरियल हस्पिटलको भवनमा आजदेखि तालिम शुरुभएको हो ।
हाम्रो टोल,गाउॅं र वडा तहमा नै न्याय निरूपण गर्न सकौं र सकियोस् भनि मेलमिलापकर्ताहरुको लागि मेलमिलाप समबन्धि ८ दिवसीय आधारभुत तालिमको
आयोजना गरिएको नगरपालिकाका उप प्रमुख प्रमिला राईले वताईन् ।
षडानन्द नगरपालिकाका १४ वटै वडाका ५२ जनाको सहभागिता रहेको तालिम फागुन २३ गतेसम्म सञ्चालन हुने जनाईएको छ।