षडानन्द नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

दिङ्ला,२३ फागुन- भोजपुरको षडानन्द नगरपालिकामा मेलमिलाप कर्ताहरूको लागि मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ। षडानन्द नगरपालिकाको आयोजना तथा मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा षडानन्द नगरपालिका- ७ स्थित गान्धी मेमोरियल हस्पिटलको भवनमा सञ्चालित तालिम आज सम्पन्न भएको हो ।

षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईको प्रमुख अतित्थ्यता तथा सडानन्द नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार चापागाईँको विशेष आतिथ्यमा कार्यक्रम समापन भएको हो । तालिम उपलव्धिमुलक भएतापनि तालिम लिने क्रममा तालिम लिनेहरूका लागि उचित बस्ने व्यवस्थापन राम्रो नभएको तालिम लिइरहने क्रममा बस्न समस्या आएको  भन्दै तालिममा सहभागि गोपाल कुमार भण्डारीले गुनासो गरे।

षडानन्द नगरपालिकाको आफनै मिटिङ हल नभएको कारण तालिम लिने क्रम्मा उचित तालिम हलको समस्या भएको तर २ बर्र्ष भित्र षडानन्द नगरपालिकाले २ वटा तालिम हल निर्माण सम्पन्न गर्नेगरि काम भईरहेको नगरपालिकाका उप प्रमुख राईले वताईन । उप प्रमुख राईले तालिम लिनेमात्र हैन यसको सहि उपयोग पनि गर्नुपर्ने र गाउँघरमा बिभिन्न कारण उत्पन्न हुने दन्द नियन्त्रणमा गर्नमेलमिलापकर्ताहरूको महत्वपूर्ण भूमिका रहने प्रमुख अतिथि राईको भनाई छ ।
तालिममा सहभागि षडानन्द नगरपालिकाका १४ वटै वडाका ५२ जनालाई आजै उपमेयर राई र प्रमुख प्रशासकिय अधिकृत चापागाईँले प्रमाण पत्र समेत वितरण गरेकाछन् ।

षडानन्द नगरपालिकामा यस अघिल्लो कार्यकालको अन्तिम समयमा पनि यस किसिमको तालिम आयोजना गरिएको भएतापनि प्रमाण पत्र वितरणमा समस्याहुँदा मेलमिलापकर्ताहरुले आधिकारिक तवरले काम गर्न नपाएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा प्रशिक्षकहरूलाई रुद्राक्षको माला षडानन्द गुरुको फोटो, रुद्राक्षबाट बनेको ढाकी मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो।