भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो लागेको आगलागीमा परी ७ र ६ वर्षीया दुई बालिका र ३ वर्षीय बालकको निधन भएको हो ।
मृतक बालबालिकाको पहिचान खुलिसकेको छैन। आगलागी नियन्त्रणको प्रयास भइरहेको र विस्तृत जानकारी आउन वाकी रहेको प्रहरीले जनाएको छ।