भोजपुर गोल्डकपको उपाधिका लागि चर्च ब्वाईज र आर्मी भिड्ने

भोजपुर-भोजपुर गोल्डकपको उपाधिका लागि नेपालका २ ए डिभिजन क्लब चर्च ब्वाईज र नेपली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएकाछन् । चर्च ब्वाईज युनाइटेड, काठमाडौ भोजपुर सदरमुकाममा जारी सातौं भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रवार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाईजले सलहेश युवा क्लब, सिरहालाई २(१ ले हराउँदै उपाधी नजिक पुग्न सफल भएको हो ।

चर्च ब्वाईजको जितमा नवीन लामा र अर्बान्ड बिडुमले गोल गरे । उता पराजित सलहेशका लागि आशिष चापागाईंले एक मात्र गोल फर्काए । खेलमा चर्च ब्वाईजका आबायोमी फाकुन्ले म्यान अफ द म्याच घोषित भए । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंले जारी सातौं भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा बिहीबार भएको पहिलो सेमिफाइनलमा खोटाङ्ग भगवती स्पोर्टस क्लब, खोटाङ्गलाई टाईब्रेकरमा हराउँदै फाईनलमा पुगेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

पहिलो हाफ कै इन्जुरी समयमा बसन्त जिम्बाको गोलबाट आर्मीले खेलमा अग्रता बनाए पनि दोस्रो हाफको शुरुवाततिरै खोटाङ्गका लागि खमिर गिल्सनले बराबरी गोल फर्काएका थिए ।

टाईब्रेकरमा भने आर्मीले खोटाङ्ग भगवतीमाथि ४–३ को जित निकाल्दै फाइनल प्रवेश गर्न सफल भयो । खेलमा आर्मीका सुरज बस्नेत म्यान अफ द म्याच घोषित भए ।

फाईनल भोली सनिवार सञ्चालन हुनेछ । भोजपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।