भोजपुर- भोजपुरमा सम्पन्न अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौले जितको छ । नेपाली सेनाको त्रिभुवन आर्मीलाई ट्राईबेकरमा ४–२ गोलले पराजित गर्दै चर्च व्वाईजले उपाधी उचालेको हो ।
फाईनल खेलको पहिलो खेलमा चर्च व्वाईजका जर्सी नं १२ का अरमन्दले १८ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । आर्मीको तर्फबाट जर्सी नंं ५९ का अनिल बम्जनले ५० औँ मिनेटमा जवाफी गोल फर्काएर खेललाई बरावरी बनाएका थिए । खेल बरावरी भएसंगै खेल निकै आक्रमक बनेको थियो । खेल निकै आक्रमक बने खेलको निर्धारित समय सम्म पनि एक एक गोल वोहेक कुनै गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा गएको थियो ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ म्यानअफ द म्याच र वेष्ट किप्पर फाईनलमा २ वटा पेनाल्टी रोकेका चर्च व्याइचका दिप कार्की, वेष्ट कोच रमेश दंगाल, सर्वोकृष्ट खेलाडी सुदिप गुरुङ घोषित भए । प्रतियोगिताको विजेता चर्च ब्वाइजले ट्रफी सहित नगद रु. ५ लाख प्राप्त गरेका छन् भने उप–विजेता त्रिभुवन आर्मीले ट्रफी सहित नगद रु। ३ लाख पाएका छन् । बैशाख ९ गतेबाट सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमले सहभागिता जनाएका थिए ।