भोजपुर-नेकपा (एमाले) जिल्ला कमीटीको भोजपुरको नेतृत्वको लागि मक्कर खड्का र शरणकुमार राईको प्यालनको प्रतिस्पर्धा हुने भएको छ ।
खड्का र राई आ-आफ्नो प्यानल नै घोषणा गरी निर्वाचनमा होमिएका छन् । मक्कर खड्काको नेतृत्वको प्यानलबाट उपाध्यक्षमा किरण राई, सचिवमा एक्सन राई, उपसचिवमा दौलथ कुलुङ र महिला उपसचिवमा रमा राई प्रतिस्पर्धामा उत्रिएका छन् । भने यता शरणकुमार राईको नेतृत्वमा रहेको प्यानलबाट उपाध्यक्षमा कृपाशुर शेर्पा, सचिवमा ज्ञानेन्द्र कार्की, उपसचिवमा जगत चौहान र महिला उपसचिवमा मेरिका राई रहेका छन् ।
प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरुले मतदातासंग मत मागीरहेका छन् । साढे ११ बजेबाट मतदान हुने निर्वाचन अधिकृत तिर्थ कुुमार राईले बताए । जिल्ला भरीबाट आएका ६ सय ८ जना प्रतिनिधीले मतदान गर्न पाउनेछन् ।नेकपा (एमाले) भोजपुरको नवौं जिल्ला अधिवेशन विहिवार भोजपुर नगरपालिकाको सभाहलमा सुरु भएको थियो । भोजपुर एमालेमा निर्वाचनवाट नेतृत्व छनोटको अभ्यास पहिलो पटक गर्न लागिएको हो ।