भोजपुरको उत्तरी षडानन्द नगरपालिकाले पहिलोपटक धान दिवस मनाएको छ । “जलवायू मैत्रि कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मुल नाराका साथ षडानन्द नगरपालिकाको आयोजनामा २१ औं राष्ट्रिय धान दिवस मनाईएको हो ।
षडानन्द नगरपालिकाको कृषि पेशा प्रमुख पेशा भएको र यस पेशालाई हौसलाका साथै सम्मान गर्नको निमित्त धान दिवस मनाईएको नगर उप प्रमख प्रमिला राईले वताईन । उनले नगरपालिकाले यस बर्ष कृषिलाई प्राथमिकता दिँदै गएका बर्ष भन्दा ३० लाख वढि बजेट विनियोजन गरिएको समेत वताईन ।
कृषि प्रति वितृष्णा जागिरहेको अवस्थामा कृषकहरुलाई आकर्षित गराई देशलाई कृषिमा आत्मनिर्भर वनाउनको निमित्त राष्ट्रिय कार्यक्रम अन्तर्गतनै धान दिवस मनाईएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद चापागाईले वताए ।
धान लागायतका बालीनालीका रैथानेजातहरुलाई संरक्षण र उत्पादन बृद्धि गर्ने कार्यक्रमहरु संघ, प्रदेश र स्थानिय तीनै तहका सरकारको कार्यक्रम रहेको कृषि शाखा प्रमुख रक्षा रोक्काले वताई । उनले आउँदा दिनमा समेत यस्ता कार्यक्रमहरुलाई नगरले प्राथमिकता दिने वताईन । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी,पत्रकार, सर्वसाधारण, कृषकको उपस्थिति रहेको थियो ।
षडानन्द नगरपालिकामा धान, मकै, कोदो, गहुँ लागायतका बालीनाली उत्पादन हुने गर्दछन् । पछिल्लो समय कतिपय कृषकहरुले आधुनिक तरिकाले व्यावसायिक खेती गर्दै आएकाछन् ।