इलाका प्रहरी कार्यालय दिङ्लाको सार्वजनिक सुनुवाई सम्पन्न

भोजपुर- इलाका प्रहरी कार्यालय दिङ्लाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय दिङ्लाको आयोजनामा बुधबार विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि साथै सरोकारवाला पक्ष र सर्वसाधरणको उपस्थितिमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

यस आर्थिक वर्षमा आगलागी सम्बन्धि १९ घट्ना मानवीय क्षति नभएको, सवारी दुर्घटना सम्बन्धि १८ ओटा यात्रु तथा घाईते १९ जना भएको साथै जंगली तथा घर पालुवा जनावरको आक्रमणबाट ६ जना घाईते भएको ईलाका प्रहरी कार्यालय दिंलाका प्रमुख प्रहरी निरिक्षक कैलाश कुमार अधिकारीले जानकारी दिए ।

बाढी पहिरो सम्बन्धि १२ मानवीय क्षती नभएको, विषाधी सेवन १६ घट्ना मृत्यु ३ जंगली च्याउ खाएर १ बालक र घरेलु मदिरा सेवनबाट १ बालको मृत्यु भएको । साथै विभिन्न प्रकृतिका घट्नाहरु भए पनि मानविय क्षती धेरै नभएको इलाका प्रहरी कार्यालय दिङ्ला अधिकारीले कार्यक्रममा बताए ।

लडेर ७ जनाको मृत्युु भएको छ भने १२ घाईते भएका थिए यस्ता घटनालाई न्यूनीकरण गर्नको लागि कार्यालयले विभिन्न कार्यक्रमहरु सम्पना गरेको निरिक्षक अधिकारीले जानकारी दिए ।

षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा रहेको विभिन्न प्रहरी चौकिबाट मादक पदार्थ सेवन र यसबाट हुने असर सम्बन्धि सामुदायिक साझेदारी कार्यक्रम ३५, आत्महत्या न्यूनिकरण सम्बन्धी १२७, आगलागी नियन्त्रणमा सम्बन्धि ३३ र लागु औषध नियन्त्रण सम्बन्धि ११४ ओटा कार्यक्रम कार्यालयले आर्थिक बर्ष २०८०/०८१ मा सप्पन्न भएको समेत सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख छ ।