संखुवासभाका सुर्य कार्कीलाई एक हप्तामै दुई ठुला अवार्ड

संखुवासभा, असार २९ – यु.डव्लु.एस. नेपालका राष्ट्रिय निर्देशक सुर्य कार्कीले १ हप्तामै २ वटा अवार्ड पाएका छन ।
कार्कीले यहि हप्ता नेपालको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एक कार्यक्रमको बिच केन्द्र विन्दु राष्ट्रिय अर्वाड पाएका थिए भने असार २८ गते  जापनिज संस्थाले नेपालको तर्फबाट सुर्य कार्कीलाई (IMPACT HERO 2024) अन्तराष्ट्रिय अवार्डबाट सम्मानित गरेको छ |

सुर्य कार्की यो भन्दा अगाडी पनि विभिन्न ८ वटा अन्तराष्ट्रिय अवार्डहरुबाट सम्मानित भईसकेका छन ।
यु.डब्लु.एस. नेपाल संस्थाले विगत ८ वर्ष देखि संखुवासभा , गुल्मी , ताप्लेजुङ , भोजपुर , तथा तनहुँको विभिन्न स्थानीय तहमा निरन्तर रुपमा ग्रामीण र सिमान्तकृत समुदायहरुमा बस्ने बालबालिकाहरुको शिक्षा र शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा काम गरिरहेको छ ।

यु.डब्लु. एस नेपाल संस्थाले गुणस्तरीय र समावेशी शिक्षाको पहुचबाट पछाडी परेका  ग्रामिण नेपालका   १४ हजार ८ सय ६७  जना विध्यार्थीहरु  लाभान्वित भईरहेका छन भने भौतिक निर्माणकार्य तर्फ हालसम्म ७३ वटा विद्यालय  निर्माणकार्य गरिसकेको छ । संखुवासभा जिल्लाको मादी नगरपालिकामा जम्मिएका कार्कीले नेपालको शिक्षा क्षेत्रमा बिगत ८ वर्ष देखि निरन्तर योगदान पुर्याउदै आएका छन्।

शैक्षिक अभियान्ता कार्कीले अर्थ इम्प्याक्ट हिरो हुन पाउँदा खशी व्यक्त गरेकाछन् । उनले फेसवुकमा स्टाटस लेख्दै यो सम्मान प्राप्त गर्ने पहिलो र एकमात्र नेपालीको हैसियतमा रहन पाउँदा खुशीको सिमा नरहेको वताएकाछन् । उनले यो अवार्ड युडव्लु एस नेपालले गरेको कडा परिश्रमको प्रमाण रहेको वताएकाछन् । उनले युडव्लुएस नेपाल परिवार, १४हजारबालबालिका, समुदायहरू, स्थानीय सरकारहरू र दाताहरूलाई समेत धन्यवाद दिएकाछन् ।