षडानन्द सिताराम गुठीको रकम हिनामिना नभएको अध्यक्ष पौडेलको दावि

भोजपुर– षडानन्द सीताराम गुठीको रकम हिनामिना गरेको समाचारप्रति खण्डन गर्दै अध्यक्ष कृष्ण प्रसाद पौडेल (प्रकास) ले प्रेस विज्ञप्ति जारी गरेकाछन् । षडानन्द सीताराम गुठीमा अध्यक्षले २ लाख ५० हजार रकम हिनामिना गरेको भनि केहि समय अगाडी सामाजिक सञ्जालमा समाचार सार्वजानिक भएको थियो । अध्यक्ष कृष्ण प्रसाद पौडेलले आज प्रेस विज्ञप्ति सार्वजानिक जारी गरेका हुन् ।

पौडेलले प्रेस विज्ञप्तिमा गुठीमा भएको चल अचल सम्पत्ति हिनामिना नभएको दावी गरेकाछन् । आँफु अध्यक्ष भएदेखि गुठीको भौतिक विकास संगै अन्य विकासको लागि पहल गर्दै रचनात्मक कार्यमा अगाडी बढेको अवस्थामा आफ्नो चरित्र हत्या गर्ने उदेश्यले फर्जि कागत जम्मा गरेर समाचार सम्प्रेषण भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

संस्थामा भएको चल तथा अचल सम्पत्ति वा रकम एक पैसापनि हिना मिना नभएको र संस्थाको सम्पुर्ण विवरण सार्वजानिक गर्न समेत तत्पर रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । भ्रष्टाचारको आरोप लगाउँदै कानुन हातमा लिएर आफ्नो मान प्रतिष्ठामा आँच पु¥याउने गरि गलत समाचार सम्प्रेषण गर्ने सामाजिक सञ्जालहरुलाई कानुनी कार्वाहीको माग समेत प्रेस विज्ञप्तिमा गरेका छन् ।