सङ्खुवासभा । नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ ।
विद्युत् महसुल नतिरेपछि काटिएको लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटपिट भएको थियो ।
कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा उजरी परेको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए ।
‘निजहरु विरुद्ध अभद्र व्यवहार शीर्षकमा उजुरी परेको रहेछ । उजुरी लगत्तै उहाँहरु फरार भएकाले खोजी कार्य भइरहेको छ’, उनले भने ।