दिङ्लामा आँखा र कानको उपचार केन्द्र स्थापना हुने

दिङ्ला-भोजपुरको उत्तरी व्यापारिक केन्द्र दिङ्लामा आँखा र कानको उपचार केन्द्र स्थापना हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ
लाहान आँखा तथा कान उपचार प्रणालि, बिराटनगर आँखा अस्पताल र षडानन्द नगरपालिका बिच सोमवार सम्झौता भएसँगै आँखा र कानको उपचार केन्द्र स्थापना हुने निश्चित भएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले जानकारी दिए ।

नेत्र ज्योति सङ्घ भोजपुरको बिशेष पहल र सहकार्यमा यो सम्भव भएको नगर प्रमुख उदासको भनाई छ । चाडै आखा र कानको चेकजाच र उपचार दिङ्लाबाट प्रारम्भ गरिने नगरपालिकाले जनाएको छ । यस उपचारकेन्द्रबाट भो्जपुरका उत्तरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका जनताहरुलाई सुबिधा हुने बिश्वास गरिएको छ ।

भोजपुरको उत्तरी क्षेत्रमा कान, आँखा लगायतका स्वास्थ्य केन्द्रको अभावमा संखुवासभाको खाँदवारीका साथै धरान विराटनगर तथा काठमाडौं सम्म गएर ठूलो खर्च गर्नुपर्ने वाध्यता थियो ।