भोजपुरका उत्तरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा साउन १६ गते गएको बाढी पिडितलाई तत्काल राहत र उद्धार तथा दीर्घकालिन भौतिक निर्माणका लागि सरकारका केन्द्रिय निकायमा माग पत्र पेश गरिएको छ । अर्थमन्त्री विष्णु पौडेल, भौतिक पुर्वाधार मन्त्री देवेन्द्र दाहाल तथा सडक विभागका डिजि ससक्ष माग पब पेश गरिएको हो ।
बाढिवाट विस्थापितलाई राहत र उद्धार, गौडेनिको पुलको संरक्षण, सडक निर्माण, धानवालीको क्षतिपुर्ति, झोलुङ्गे पुलको मर्मत तथा निमार्ण, ईर्खुवाखोलामा रहेको लघुजलविद्युत आयोजना, तटवन्ध निर्माणका लगायतका विषयहरु समेटिएको छ । माग पत्रमा भोजपुर-संखुवासभा जिल्ला जोड्ने सतिघाट पक्की पुल निर्माणको लागि विशेष पहलको लागि समेत अनुरोध गरिएको छ ।
प्रतिनिधि मण्डलमा संघीय सांसद हेमराज राइ, प्रदेश सांसद विनोद वान्तवा, पूर्व मुख्यमन्त्री शेरधन राई, पूर्व मुख्यमन्त्री राजेन्द्र राई, नेकपा एमालेका केन्द्रिय सदस्य श्री पर्शुराम अधिकारी, नेपाली कांग्रेुसका नेता वावुराम बस्नेत, षडानन्द नगरपालिकाका प्रमुख श्री सुरेन्द्र उदासका साथै केशव अधिकारी, रोसन वस्नेत, भविन्द्र खत्री, आङवावु शेर्पा लगायतको सर्वदलीय उपस्थिति रहेको थियो । माग पत्र बुझ्दै मन्त्रीज्यूहरूले तत्कालै आवश्यक समन्वय गरी काम अगाडी वढाउने आश्वासन दिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले जानकारी दिए ।
गत साउन १६ गते बिहान भोजपुर साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिका विचको इर्खुवा खोला र थुम्लुङ खोलामा आएको बाढीपहिरोले २ जना कामदारको मृत्यु भएको थियो । बाढिले दर्जनौं घर बगाउनुकोसाथै, आधा दर्जन बढी झोलुङ्गे पुल केहि जलविद्युत आयोजनाका संरचना बगाएको तथा पुरेको छ भने पक्की पुलहरुमा समेत क्षति पुर्याएको छ ।