ताप्लेजुङ – युनाईटेड वर्ल्ड स्कुल्स नेपाल संखुवासभाको आयोजना तथा जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा जिल्ला परियोजना सल्लाहकार समिति (DPAC) को बैठक गरी युनाईटेड वर्ल्ड स्कुल्स नेपालले दोश्रो चरणको समीक्षा कार्यक्रम सम्पन्न गरेको छ | जिल्ला समन्वय समिति ताप्लेजुङको सभाहलमा असोज ६ गते भएको कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले गर्नु भएको थियो भने कार्यक्रममा युडब्लुएस नेपालले हालसम्म गरेका कामहरुको विवरण युनाईटेड वर्ल्ड स्कुल्स नेपालको कार्यक्रम प्रमुख अभिनास झाले प्रस्तुत गर्नु भएको थियो | कार्यक्रममा जिल्लाका जिल्लाका १ वटा नगरपालिका तथा ५ गाउँपालिकाबाट प्रमुख, उप-प्रमुख, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, गरि ३९ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख योगेश्वर भटराई युडव्लुएस नेपाल सँग थप समन्वय गरि आगामी दिनमा अगाडी बढ्ने प्रतिबद्दता व्यक्त गर्दै सहकार्यका लागी आवश्यक थप नीतिगत सुधारका लागी आफु सकारात्मक रहेको धारणा व्यक्त गर्नु भएको थियो | त्यसैगरी, कार्यक्रम आफ्नो धारणा राख्ने क्रममा फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले युडब्लुएस नेपालले आफ्नो नगरपालिका भित्र रहेका विद्यालयहरुमा गुणस्तरीय शिक्षाको लागि गरेका सामुदाय र विद्यालय स्तरमा गरेका सकारात्मक प्रयाशको प्रशंसा गर्दै आगामी दिनमा थप समन्वय र सहकार्य गरि अगाडी बढने बताउनु भएको थियो भने आगामी दिनमा पनि नगरपालिका जस्तो सुकै सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो|
आफ्नो धारणा राख्ने क्रममा,पाथिभरा याङबरक गाउपालिका उपाध्यक्ष रनमाया गुरुङले युडब्लुएस नेपालसग स्थानीय सरकारले गर्नु पर्ने कामलाई सँस्थासँग साझेदारी गरि गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्नको लागी खेलेको भुमिकाको चर्चा गर्दै आगामी दिनमा गाउपालिकाले आवश्यक सहयोग र समन्वयकारी भूमिका निर्बाह गर्ने धारणा राख्नु भएको थियो |
कार्यक्रमको अन्त्यमा बोल्दै जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुख छिरिङ लामाले युडब्लुएस नेपालले गरेका काम र आगामी पाँच बर्षका लागि राखिएको लक्ष्य पूरा गर्न सबै स्थानीय तहहरु लाई आग्रह गर्नु भएको थियो। सबैले शिक्षाको गुणस्तर सुधारमा आ-आफ्नो ठाउँ बाट भुमिका निर्वाह गर्नु पर्ने र संघसंस्थाले गरेका राम्रा कामलाइ प्रभावकारी बनाउन लाग्नु पर्नेमा समेत जोड दिनु भएको थियो। विद्यालय परिचालकको अवधारणा र त्यसले विद्यालयमा गर्ने काम, पालिका स्तरमा खेल्ने भुमिका आवस्यक छलफल गरि त्यसका लागी आवश्यक व्यवस्थापन गर्नका लागी पालिकाहरुलाई अनुरोध गर्दै त्यसका लागी सबैले सकारात्मक भूमिका निर्बाह गर्ने अवस्था बिश्वास राख्दै आगामी दिनका कार्यक्रम साझेदारीमा समेत सबै पालिकाले आफ्नो आफ्नो तवर बाट पहल गर्न जोड दिनु पर्ने बताउनु भएको थियो |
कार्यक्रमको सहजिकरण जिल्ला समन्वय समितिका नायव सुब्बा युवराज पौडेलले गर्नु भएको थियो ।युडब्लुएस नेपाल बिगत आठ बर्ष देखि संखुवासभा, भोजपुर, ताप्लेजुङ ,गुल्मी तथा तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा निरन्तर रुपमा ग्रामीण र सीमान्तकृत समुदायहरूमा बस्ने बालबालिकाको शिक्षा र शैक्षिक अवसरहरू सुधार गर्न प्रतिबद्ध हुँदै आइरहेको छ। संस्थाले गुणस्तरीय र समावेशी शिक्षाको पहुँचबाट ग्रामीण नेपालमा ७६ ओटा विद्यालय भवन निर्माण सम्पन्न गरी १४,००० भन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित गरेको छ ।