एमाले षडानन्द नगर कमिटी अध्यक्षमा सुजन राई

दिंला- नेकपा एमाले षडानन्द नगर कमिटी अध्यक्षमा सुजन राई सर्वसम्मत चयन भएका छन् । आईतवार सुरु भएर सोमवार विहान सम्पन्न नगर कमिटी अधिवेशनले राई दोस्रो कार्यकालका लागि समेत सर्वसम्मत चयन भएकाहुन् ।

सर्वसम्मत चयन भएका ६५ सदस्यीय कमिटीको उपाध्यक्षमा अम्बर बहादुर तामाङ (सालिक) , सचिवमा गणेश प्रसाद अधिकारी ,उपसचिव प्रकाश राई र उपसचिव शान्ताकला राई रहेकाछन् ।

नेकपा एमाले कोशी प्रदेश ईन्चार्ज तथा पुर्व मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा नेकपा एमाले केन्द्रिय सदस्यहरु पर्शुराम अधिकारी, हरिवहादुर राईका साथै प्रदेश कमिटी, जिल्ला कमिटी, नगर तथा गाउँ कमिटी, वडा कमिटीका साथै विभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा कार्यकर्ताको वाक्लो उपस्थिति रहेको थियो ।