भोजपुर। भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ४ गोथे बजारमा कुटपिट हुँदा एक पुरुषको मृत्यु भएको छ । षडानन्द नगरपालिका २ ताँबुटारका अन्दाजी ३१ बर्षका धर्मराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
सोमबार बेलुका अन्दाजी ६ बजेतिर साल्पासिलिछो गाउँपालिका ४ खाटम्मा गोथेबजारमा एक आपसमा सामान्य विवाद भएपछी कुटपिट भएको खुलेको छ । कुटपिटबाट मृत्यु भएको राईको लासको पाहिचान मृतकका भाइ मन कुमार राईले गरेका छन ।
कुटपिट सम्लग्न रहेका संकास्पद एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।