गुरु षडानन्द आँखा तथा कान उपचार केन्द्रको उद्घाटन

दिंला- गुरु षडानन्द आँखा तथा कान उपचार केन्द्रको आईतबार उद्घाटन भएको छ । भोजपुरको षडानन्द नगरपालिका ७ गडिगाउँमा अवस्थित भारतीय राजदुतावासद्वारा निर्मित अस्पताल भवनबाट सेवा प्रबाह हुने गरि उद्घाटन भएको हो ।

नेपाल नेत्रज्योति संघ, बिराटनगर आँखा अस्पताल र षडानन्द नगरपालिकाको त्रीपक्षिय सम्झौतामा सञ्चालनहुने सेवा केन्द्रको उद्घाटन षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले गरेका हुन ।

उपचार केन्द्रको उद्घाटन भएर केहि सेवा समेत सुरुवात भएकोमा षडानन्द नगरपालिका- ७ का वडाध्यक्ष दिपेश विष्टले खुशी व्यक्त गरे । वडाध्यक्ष विष्टले घरगाउँमा आएको सेवा लिनको लागि सेवाग्राहीहरुलाई आग्रह समेत गरे ।

पालिकामा आँखा र कान सम्बन्धि समस्या धेरै रहेको छ अझ बढ्दो प्रविधिको प्रयोगले थप समस्याहरु थपिरहेको छ । प्रत्येक वर्ष पालिकाले स्वास्थ्य शिबिर मार्फत पालिकावासीहरुलाई केही राहत दिने प्रयास गरिएको थियो । तर अब यहीँबाट सर्वसुलभ सेवा पाउने भएपछी सामान्य समस्या हुँदा पनि बहिर जानू पर्ने समयको वर्बादी र फजुल खर्च समेत रोकिने नगरपालिका उपप्रमुख प्रमिला राईले बताईन ।

लामो पहल र प्रयत्नपछि अत्यन्तै आवश्यकता रहेको सेवा केन्द्रको स्थापना गर्न पाउँदा आफुलाई खुसी लागेको छ । धेरै प्रयत्न पछि अँखा कान सम्बन्धी रोघको उपचार केन्द्रको स्थापना गरेका छौं अब स्तर वृद्धि गर्न तर्फ लाग्ने नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदसले बताएका छन । साथै पालिकाको पहल र लगानीमा सुबिधा सम्पन्न १५ सैयाको हस्पिटल सञ्चालन हुनेछ । भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको हस्पिटलमा नगरको बजेट बाट १५ सैयाको हस्पिटल सञ्चालन हुने समेत नगरप्रमुख उदासले बताएका छन ।

सेवा केन्द्रको उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योती संघ कोशी प्रदेशका सभापति श्यामसुन्दर उदास, भोजपुर सभापति तेज मोक्तान र बिराटनगर आँखा अस्पतालका प्रतिनिधिको उपस्थित रहेको थियो ।

सेवा केन्द्रबाट आँखा सम्बन्धि सेवा आजबाट नै सुरु भएको छ भने कान सम्बन्धिको सेवा केही दिनपछि सुरु हुने वताईएको छ । यस क्षेत्रका विरामी नाक, कान, आँखाको उपचार स्थानिय स्तरमा नहँुदा संखुवासभाको सदरमुकाम खाँदवारी, धरान,विराटनगर तथा संघीय राजधानी काठमाडौं सम्म पुगेर चर्को शुल्क तिरेर उपचार गर्न वाध्य थिए ।