
भोजपुर,१३ माघ – योगमाया खेलकुद विकास समिति षडानन्द नगरपालिका वडा न- १ मझुवावेशी भोजपुरको आयोजना तथा महाशिवरात्री मेलाको अवसरमा योगमाया स्मृति कप अन्तर पालिका स्तरीय ३ वर्षे रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता २०८१ फागुन १० गते देखि १४ सम्म मजुवाबेसिमा संचालन हुने भएको छ ।
खेलमा प्रथम स्थान हासिल गर्ने पालिकाले क्रमश प्रथम पुरस्कार नगद रु १ लाख ११ हजार १ सय ११ का साथ १०७ सात तोला चादीको ३ वर्षे रनिङ शिल्ड मेडल प्रमाणपत्र
दोसो पुरस्कार नगद रु ६१ हजार १ सय ६१ रुपैयाका साथ शिल्ड मेडल र प्रमाणपत्र
साथै २ सेमिफाइनलमा पुग्ने पालिकालाई जनही २५र२५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
साथै उत्कृष्ट ५ विधामा पनि जनही २ हजार नगद सहित ट्रफिको व्यवस्था गरिएको छ योगमाया खेलकुद विकास समितिका सचिब डिल्लीराम राईले जानकारी दिएका छन ।